खेलकुद

महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौँ । साफ महिला अठार वर्षमुनिको च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फा पदाधिकारीले स्वागत गरे । भुटानमा सम्पन्न सो प्रतियोगिताको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको हो । यही असोज २१ गते सम्पन्न फाइनलमा नेपाल बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएको थियो ।

सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोलअन्तरले पराजित गरी फाइनलमा स्थान बनाएको थियो । उपविजेता बनेको यु–१८ महिला राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई एन्फाले जनही रु ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।