मनोरञ्जन

छक्का पञ्जा ३ ले गर्यो कमाल, पहिलो दिनमै आक्रामक सुरुवात

काठमाडौँ । बुहप्रतिक्षित चलचित्र छक्का पञ्जा ३ ले आक्रामक सुरुवात गरेको छ । बुधबार आज अर्थात घटनास्थापनाको दिन देशव्यापी प्रर्दशनमा आएको चलचित्रले आक्रामक सुरुवात गरेको निर्माण पक्षले जनाएको छ ।

राजधानीसहित देशभरका हल यतिबेला छक्का पञ्जा ३ ले हाउसफूल बनेका छन् । नायक दीपकराज गिरीका अनुसार ५० प्रतिशत बिषयवस्तु र ५० प्रतिशत कमेडीमा बनाईएको छक्का पञ्जा ३ लाई दर्शकले उत्कृष्ट चलचित्रको संज्ञा दिएका छन् ।

आज बिहानको पहिलो शो सकिएलगत्तै दर्शकले सञ्चारमाध्यमलाई चलचित्र कमेडी र सन्देशमुलक रहेको प्रतिक्रिया दिएका छन् । सार्वजनिक बिदा नभए पनि चलचित्रले आक्रामक व्यापार गर्नुको संकेत यो चलचित्रले सबै चलचित्रको व्यापार रेकर्ड ब्रेक गर्ने तर्फ देखिएको छ ।

दीपाश्री निरौँलाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, दिपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, प्रियङ्का कार्की, बर्षा राउत, सन्जोग कोईराला लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।