बाग्मती

पेस्तोल सहित पासवान पक्राउ

काठमाडौँ । पेस्तोलसयिहत एकजना पक्राउ परेका छन् । पर्सा, पर्टेर्वासुगौलि गापा वडा नं. ४, फरदवा भलुवाही खोलाको बगरमा चेकजाँच गर्ने क्रममा सोही ठाउँ बस्ने २५ बर्षिय मनोज पासवान पक्राउ परेका हुन् ।

चाडपर्व लक्षित प्रहरीको विशेष सुरक्षा योजना अनुसार सादापोशाकमा खटिएको प्रहरी टोलीले उनलाई आज बिहान पक्राउ परेको छ ।

पासवानलाई म्याड ईन युस ए लेखिएको १ थान स्वचालित पेस्तोल र १ थान खालि म्यागजिन बरामद गरिएको छ ।

हतियार सहित तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाईएको जनाईएको छ ।