-धिरेन अनुपम
गजल
तिमीले त राख्नै सकिनौ आखाँमा आफैलाई ।
हेर मैले छोडेर आए तिम्रो दुनियामा आफैलाई ।
बैशाखी टेकेर उभिन त पाउँ नहुनेहरु पनि सक्छन्,
मान्छे हुन उभ्याउन सक्नु पर्छ खुट्टामा आफैलाई ।
तिम्रा यादहरु बोकेर हरेक दोबाटहरु ढुकी बस्दा,
अक्सर एक्लै हराएको पाउँछु परछायामका आफैलाई ।
मलाई अर्को जुनिमा मान्छे भएर जन्मनु छैन दैव,
बरु आफै जलेको हर्ने रहरछ चित्तमा आफैलाई ।
-सुर्खेत