समाचार

अख्तियारद्वारा यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध मुद्दा दायर (नामावलीसहित)

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती अञ्चलको यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लिखित अनुत्तीर्ण एवं प्रयोगात्मक परीक्षामा सामेल नभएका २०८ जनालाई कार, जीप र डेलिभरी भ्यानजस्ता हलुका सवारी हाँक्न प्रदान गरिने समूह ‘बी’ को सवारी चालक अनुमतिपत्र जारी गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगले २०७४ माघ १ देखि फागुन २५ गतेसम्म गरेको अनुसन्धानबाट तत्कालीन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बागमति एकान्तकुना कार्यालयका प्रमुख तेजनारायण यादव, शाखा अधिकृतहरु ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी र मेकानिकल इञ्जिीनियर श्याम केसीले भ्रष्टाचार निवारण ऐन २०५९ को कसूर गरेकाले हदैसम्मको जरिवाना र कैद सजायको मागदाबी लिई आरोपपत्र दायर गरेको जनाएको छ ।

त्यसैगरी तत्कालीन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बाग्मती ठूलोभ¥याङका शाखा अधिकृत शालिग्राम पौडेल, कम्प्युटर अपरेटर विज्ञान खड्गी, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारी, सवारी चालक अनुमतिपत्र बाग्मती एकान्तकुना कार्यालयका नायबसुब्बा लेखनाथ भुसालविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।