पु.समाचार

समाचारका कारण अदालतले दिने न्यायमा क्षतिः प्रधानन्यायाधीश मिश्र

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतका विचाराधिन मुद्धा सञ्चारमाध्यमहरुले प्रकाशन प्रशारण गरेर न्यायमा नै क्षति पुगेको बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानन्यायाधीश मिश्रले यस्तो बताएका हुन् ।

सञ्चामाध्यमले विचाराधिन मुद्धामा लेख्दा अदालत, मानवअधिकार र अदालतले प्रवाह गर्ने न्यायमा असर पर्ने भएकाले यस्ता मुद्धामा नलेख्न पत्रकारहरुलाई मंगलबार आग्रह गरे ।

“यस्ता मुद्धाले अदालत अप्ठ्यारामा परेको छ ।, चेतनशील भएर लेख्ने काम मिडियाको भएकाले अलिकति विचार पुर्याएर लेखिदिनु पर्यो नत्र अदालतले दिने न्यायमा समेत क्षति पुग्छ, मिश्रले भने, जुनसुकै क्षेत्रको जुनसुकै ठाउँमा पनि सुधार्नुपर्ने धेरै कुराहरु हुन्छन् । अदालतमा पनि त्यस्ता ठाउँ नभएका होईन । जु्न ठाउँमा सुधारको ठाउँ हुदैँन त्यो क्षेत्र अगाडी बढ्नै सक्दैन ।”

मिश्रले अदालतको कामकारवाहीमा थप सुधार गर्न कानून व्यवसायी, न्यायाधीशरु र पूर्व न्यायाधीशहरुको समेत सहयोगको माग गरेका छन् ।