आर्थिक

सनराइज बैंकको थप चार शाखा

काठमाडौं । सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गरेको छ । सेवा विस्तार गर्ने क्रममा आईतबार सिराहाको मिर्चैया र रामेछापको प्रीतिमा शाखा संचालन गरेको छ । आइतबार आयोजित छुटाछुटै औपचारिक कार्यक्रम बीच मिर्चैया शाखाको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव र जिल्ला उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अशोक कुमार शाहले संयुक्त रुपमा तथा प्रीति शाखाको उमाकुण्ड गाँउपालिकाका अध्यक्ष शेर बहादुर सुनवारले उद्घाटन गरे ।

साथै शुक्रबार काभे्रको महाभारत गाँउपालिका र खोटाङको बराहपोखरी गाँउपालिकामा पनि बैंकले आप्mनो शाखा बिस्तार गरेको छ । महाभारत शाखाको उद्घाटन महाभारत गाँउपालिकाका अध्यक्ष कान्छा लाल जिन्दा तथा बराहपोखरी शाखाको उद्घाटन बराहपोखरी गाँउपालिकाका अध्यक्ष शालिग्राम बन्जारा र उपाध्यक्ष गोमा मगरले संयुक्त रुपमा गरे ।

यो समेत गरी बैंकको शाखा संख्या ९५ वटा पुगेको छ । साथसाथै बैंकको नेपाल अधिराज्य भर १०८ वटा एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित अरू क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।