आर्थिक

एनआईसी एशिया क्यापिटल र सुर्या लाइफ इन्स्योरेन्स कम्पनीबिच हकप्रद शेयर

काठमाडौँ । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले १०ः ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ ।

आईतबारका दिन एन आई सी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

निष्काशन तथा विक्रीप्रबन्धक सँगैै एन आई सी एशिया क्यापिटल पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।