खेलकुद

नेपालको औसत ब्याटिङ, भुटानसामु १ सय ५१ रनकाे लक्ष्य प्रस्तुत

काठमाडाैं । टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा  नेपालले  भुटानसामु १ सय ५१ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ । टस भुटानले जितेपछी पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निधारीत २० अाेभरमा ४ विकेट  गुमाउदै १ सय ५० रनकाे स्काेर बनाएकाे थियाे । नेपालका लागी प्रदिप एेरीले सर्वाधिक नटअाउट ७५ रनकाे याेग्दान गरेका छन ।

६ रन जाेड्दा शून्य रनमै अाउट भएकाे नेपालकाे पारी प्रदिपले सम्हालेका थिए । उनले ६८ बलमा ६ चाैका र २ छक्काकाे मद्दतमा ७५ रन बनाएका हुन । त्यस्तै नेपालका अनिल कूमार साहले २७, दिपेन्द्रसिंह एेरीले १५, अारिफ शेषले १३ र करण केसीले नटअाउट ११ रनकाे याेग्दान दिएका छन ।भुटानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

नेपाल यस अघिका  सबै खेलमा जित हासिल गर्दै प्रतियाेगिताकाे शिर्ष स्थानमा रहेकाे छ ।