आर्थिक

एनआईसी क्यापीटल र सुर्या लाईफबीच सम्झौता

काठमाण्डौ । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले १०ः ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ ।

आईतबार एन आई सी एसिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डले सम्झौता पत्रमा हस्ताक्षर गरे।
निष्काशन तथा विक्रीप्रबन्धक सँगैै एन आई सी एशिया क्यापिटल पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।