मनोरञ्जन

‘म रुदैछु विरानो परदेशमा’ सार्वजनिक

काठमाण्डौ । गायक तथा निदेंशक राज चाम्लिङको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।‘म रुदैछु विरानो परदेशमा’बोलको गीतसङ्गस नेपालले यूट्युबमार्फत सार्वजनिक गरेको हो ।

गायक राईकै शब्द संगीत र भियियो निर्देशन समेत रहेको गीतमा गायिका करुणा राईले साथदिएकी छिन् ।

परदेशिन बाध्य श्रीमानले गाउँमा रहेकी श्रीमतीलाई सम्झना गरेको भाव बोकेको यस गीतको भिडियोमा देबेन्द्र नेम्बाङ, दिपिका लिङ्देन र विष्णुकुमार लावतीको अभिनय रहेको छ ।

लाकुरी भञ्ज्याङ लगायत काठमाण्डौ उपत्यकाको विभिन्न रमणीय स्थलहरुमा छायाँङ्कन गरिएको गायक राईले जानकारी दिए ।

म्यूजिक भिडियोको छायाँकन तथा सम्पादन देव जंग थापाले गरेका हुन भने ड्रोनमा मेघराज मगरातीले साथ दिएका छन् । ग्रेस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा जोनी योञ्जनको एरेञ्ज रहेको छ ।