राजनीति

ओली सरकारलाई राजपाले दियो अहिलेसम्मकै कडा चेतावनी

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको वर्तमान दुई तिहाई बहुमतसहितको सरकारले आफूहरुको मुख्य मुद्धा वेवास्ता गरेको भन्दैँ रोस प्रकट गरेको छ । सोमबार सरकारलाई ज्ञापनपत्र बुझाउदैँ संविधान संशोधन र थरुहटको मुद्धा सम्बोधन गर्ने प्रतिबद्धता जनाएपनि अहिलेसम्म कुनै चासो नदिएको भन्दँैँ समर्थन फिर्ता लिने चेतावनी दिएको हो ।

राजपासँग गरिएको सहमतीमा सरकार उदासिन बनेको भन्दैँ अब पनि आफूहरुको मागलाई प्राथमिकतामा नराखे समर्थन फिर्ता लिन बेर नलगाउने बताए । राजपाले प्रतिनिधीसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई सपथ खुवाउनुपर्ने र संविधान संशोधन तत्काल गर्नपर्ने अन्यथा समर्थन फिर्ता लिने कडा चेतावनी दिएको छ ।