आर्थिक

एनएमवि बैंक र कर्जा बजार बिच सम्झौता

काठमाडौंँ । एनएमवि बैंक र कर्जा बजार बिच सिम्झौता भएको छ, जस अन्तर्गत इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्छन । ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया सुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सक्नेछन । यो सुविधा एनएमबि भिषा क्रेडिट कार्डमा पनि उपलब्ध छ ।

इच्छुक महानुभावले बैंकको रिटेल कर्जा (घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा आदी ) सम्बन्धी विभिन्न सुविधा जस्तै व्याजदर र कर्जाको अवधिको बारेमा बजारमा उपलब्ध कर्जा सुविधासंग तुलना गर्न सक्ने जनाईएको छ ।

सम्झौतामा एनएमबि बैंकका तर्फबाट श्री गोविन्द घिमिरे, चिफ विजनेश अफिसर र कर्जा बजारका तर्फबाट युरोपमान श्रेष्ठ, डाइरेक्टर फोनिक्स क्यापिटलले हस्ताक्षर गरेका थिए । कर्जा बजारसंगको सम्झौताले ग्राहकलाई रिटेल कर्जा प्रक्रिया सहज हुने बैंकको भनाई छ ।