राजनीति

रोहित पुनको हत्या सुनियोजित ढंगले गरिएको भन्दैँ मानवअधिकार आयोगलाई तरुण दलको ज्ञापनपत्र

काठमाडौं । नेपाल तरुण दलले राष्ट्रिय मानवअधिकार आयोगलार्ई ज्ञापनपत्र बुझाएको छ । तरुण दल रोल्पा समितिका अध्यक्ष रोहित पुनको रोल्पा नगरमा नेपाल कम्युनिष्ट पार्टीका देवि घर्ती लगायत हतियारधारी समूहलाई तत्काल कानुन कठघरामा उभ्याई कारवाही गर्न र पिडितलाई उचित क्षतिपूर्तिका लागि नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले राष्ट्रिय मानवअधिकार आयोगलार्ई ज्ञापन पत्र बुझाएको हो ।

उक्त घटना राजनीतिक प्रतिशोधका आधारमा सुनियोजित ढंगले गरिएको भन्दैँ तत्काल दोषी पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न सरकारको सम्बन्धित निकाय नेपाल प्रहरी प्रशासनले गम्भीर भई सक्रियता नदेखाएको आरोप नेपाल तरुण दलले लगाएको छ ।

मृतकलाई सहिद घोषणा गरि मृतकका परिवारलाई क्षतिपूर्ति दिन नेपाल सरकार लगायत सम्बन्धित निकायको ध्यानाकर्षणका लागि पहल गरिदिन तरुण दलले आयोगलाई ज्ञापन पत्र मार्फत आग्रह गरेको छ ।