समाचार

झण्डैँ २१ लाख मूल्य पर्ने अवैध समान बरामद

काठमाडौं । भारतबाट नेपालतर्फ भंसार छलि गरी ल्याउदै गरेको अवस्थामा बीरगंज महानगरपालिकाका विभिन्न स्थानहरुबाट अवैध सरसरमान बरामद गरिएको छ । गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार गर्ने कार्य नियन्त्रण गर्न खटिएका प्रहरी गस्ती टोलीले ११ बोरा ९२७८ किलो लसुन, ३८५ प्याकेट र ५७ किलो पापड, ५ पाकेट पान मसला, टप्स ३४५ पिस, कुर्ता सुरवाल १५२ पिस, साडी ३० पिस, फ्रक २८ पिस, सुर्ती १० किलो, १० पाकेट पटाका, बच्चाको कपडा ३४ सेट, बेवी बल्याङकेट ९ थान, लेडिज पेन्टी ३६ पिस, ब्लाउज ६० पिस, ट्याक्टरको कलौच प्लेट २ थान लगायत समान बरामद गरिएको छ ।

४६ किलो मरिच समेत गरी झण्डैँ २१ लाख मूल्य पर्ने उक्त अवैध समानलाई नियन्त्रणमा लिई पक्राउ परेकामाथि अनुसन्धान अगाडी बढाईएको छ ।