मनोरञ्जन

ट्याक्टर लेभरबाट गायक बने सपन श्रेष्ठ, सार्बजनिक भयो ‘सुरमै जादुु’ को म्युजिक भिडियो (भिडियो सहित)

इटहरी । युटुबबाट भाइरल बनेका सपन श्रेष्ठको पहिलो गित तथा म्युजिक भिडियो सार्बजनिक भएको छ । चर्चित पप गायक कमल खत्रीको प्रमुख आतिथ्यतामा इटहरी स्थित कुण्डलिनिमा एक कार्यक्रम माझ गित तथा भिडियो सार्बजनिक गरिएको हो । गायक कमल खत्रिकै शब्द रचना तथा संगीतमा सपन श्रेष्ठले ‘सुरमै जादु’ छ बोलको गित रेकर्ड गरेका हुन् ।

द मोन्टाजका पवन सुस्लिङ्गको कन्सेप्ट तथा निर्देशनमा निर्माण गरिएको सार्बजनिक म्युजिक भिडियोमा संचारकर्मी सुवास संकल्पले सहायक निर्देशन तथा निर्माण ब्यबस्थापन गरेका छन् ।

चर्चित मोडल सोहम गुरागाई र सिम्पल खरेल फ़िचरिङ्ग उक्त्त म्युजिक भिडियो निकै रोमाञ्चक बनेको छ । राजधानी गोठाटार र आसपासका क्षेत्रमा पवन सुस्लिङ्गले छायांकन गरेको भिडियो निकै उत्कृष्ट बनेको छ । साथै, भिडियोलाई सम्पादन समेत द मोन्टाजका पवन सुस्लिङ्गले नै गरेका हुन् ।

सांगीतिक यात्रामा रहर हुँदाहुँदैँ पनि आर्थिक अभाबले आफ्ना इच्छा आकांक्षालाइ आफु भित्र मात्र सिमित पारेका सपन श्रेष्ठलाई अगुवाइमा गित रेकर्ड तथा म्युजिक भिडियो छायांकन गर्न सफल भएको हो । चर्चित गायक कमल खत्री, मोडल द्वय सोहम र सिम्पल, पवन सुस्लिङ्गले निस्वार्थ रुपले म्युजिक भिडियो तथा गित रेकर्डमा सहयोग गरेका थिए । साथै देश तथा विदेशबाट विभिन्न व्यक्तित्वहरु तथा संघसस्थाबाट प्राप्त आर्थिक सहयोगले सपनको सांगीतिक यात्रामा अघि बढ्न महत्वपूर्ण योगदाल पुर्याएको छ ।