साहित्य

कपिल सिजापतीको गजल- दिने चलन छैन यहाँ, जसलाई पुग्दैन

गजल

दिने चलन छैन यहाँ, जसलाई पुग्दैन ।
यत्रो सेवा सुबिधा नि, दशलाई पुग्दैन ।।

अब रेल नै अायाे भने, के-के बाेक्छ खै ?
अहिलेसम्म भए जति, बसलाई पुग्दैन ।।

विविधता मै एकजुट भए, जति पनि छ ।
कित्ताकाटै भए त याे, खसलाई पुग्दैन ।।

लुछाचुडि छ र मात्रै, अभाव खट्किन्छ ।
बाँडिचुडि खायाे भने, कसलाई पुग्दैन ??

कपिल सिजापती, अछाम

गजलकार सिजापति विद्यार्थी राजनीति संगै साहित्यमा निकै रुचि र राम्रा गजल कथा कवितामा कलम चलाउने गर्छन् । उनि पछिल्लो समय सबै क्षेत्रमा आफ्नो क्षमता प्रस्तुत गर्दै आएका छन् ।