साहित्य

साहित्यिक सङ्ग्रहालय निर्माण गरिने

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले साहित्यिक सङ्ग्रहालय निर्माण गर्ने भएको छ । नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीले आज पदबहालीका क्रममा उक्त सङ्ग्रहालयमा भानुभक्तदेखि अहिलेसम्मका स्थापित साहित्यकारका विवरण राखिने साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने लेखक तथा स्रष्टाको जीवनी, इतिहास, उनीहरुले प्रयोग गर्ने सामग्रीलगायत वस्तु सङ्कलन गरिने बताउँदै विश्वका अधिकांश मुलुकमा यस्तो सङ्ग्रहालय प्रचलनमा रहेको हुँदा यसको निर्माणका लागि सरकार र निजी क्षेत्रको सहयोगको अपेक्षा गरे ।

उनले चीन र दक्षिण एशिया साहित्य मञ्चको दोस्रो सम्मेलन एक वर्षभित्र नेपालमा गरिने बताउँदै यस क्षेत्रको साहित्यको विकासका लागि विभिन्न देशमा गोष्ठी र सम्मेलनका लागि उचित वातावरणको व्यवस्था गरिने पनि जानकारी दिए । नेपाल, भारत, चीन, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कालाई सो मञ्चमा सहभागी छन् । भुटान, माल्दिभ्स र अफगानिस्तानलाई मञ्चमा समेत सहभागी गराइने बताइएको छ । प्रतिष्ठानले पुस्तकालयलाई अत्याधुनिक बनाई विद्युतीय पुस्तकालय सञ्चालन गर्ने र भूकम्पबाट जीर्ण भएका भवनको पुनः निर्माण गर्ने बताइएको छ ।

प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले पनि पदबहाली गरेका छन् । उप्रेती अघिल्लो कार्यकालमा पनि सोही प्रतिष्ठानमा कुलपति थिए भने त्यसअघिको कार्यकालमा उपकुलपति थिए । तीन वटै प्रज्ञा–प्रतिष्ठानमा गत भदौ १९ गते पदाधिकारी रिक्त भएका
थिए ।