राजनीति

निर्मला पन्तको बलात्कार र हत्या लगायत ९ बुँदामा प्रधानमन्त्रीविरुद्ध देखियो तरुण दल आक्रमक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय सरकारले दैनिक उपभोग्य पद्धार्थमा गरेको मूल्यबृद्धि र महङ्गीले जनतालाई प्रत्यक्ष मारमा पारेको भन्दैँ जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमखु जिल्ला अधिकारी राम प्रसाद आचार्यमार्फत आईतबार प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाईएको हो ।

चाडपर्वका बेला सरकारले जनतालाई राहत दिनुपर्नेमा उल्टैँ मूल्यबृद्धि र महङ्गी बढाएको भन्दैँ नेपाल तरुण दलले यसको घोर निन्दा र भत्र्सना समेत गरेको छ । तरुण दलले ज्ञापन पत्रमार्फत मूल्य फिर्ता गर्न माग गरेको छ । दशैको मुखमा आएर पेट्रोलियम पदाद्र्धमा गरिएको मूल्यबुद्धि तत्काल फिर्ता गर्न माग गरिएको छ ।

पछिल्लो समय मौल्याएको कालोबजारी र तस्करीलाई नियन्त्रण गरी कारवाही गर्न समेत माग गरेको छ । देशैभरका सबै स्थानिय तहमा स्थानिय नागरिकको सुविधाको सुपथमूल्य पसल सञ्चालन गर्न र बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया बालिकाको बलात्कार र हत्यामा संलग्न अपराधीलाई तत्काल कानुनको कठघरामा उभ्याई कडा भन्दा कडा कडा कारवाही गर्न जोडदार माग गरिएको छ ।

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले ज्ञापन पत्र पढेर सुनाएका थिए भने केन्द्रीय अध्यक्ष बस्नेतले दशैँको मुखमा जनतालाई शान्तीसुरक्षा दिन प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । जवाफमा आफूहरुलाई पनि तरुण दलको सदैव सहयोग चाहिने प्रजिअ आचार्यले बताएका थिए । आज बुझाईएको ज्ञापनपत्रमा ९ बुदाँ समावेश छन् ।