समाचार

नेपाल प्रहरीका ११ एसएसपी डिआइजीमा बढुवा सिफारिस, को को परे ?

काठमाडौँ । गृह मन्त्रालयले तीन ब्याचका टोलीलार्इ समेटेर ११ जना एसएसपीलाई डिआईजी बढुवा सिफारिस गरेको छ।

मन्त्रालयले प्रहरी महानिरीक्षकसँगै भर्ना भएको टोलीका बिनोद शर्मा घिमिरे र नयाँ टोलीबाट शैलेश थापा क्षेत्रीलाई एक नम्बर बरियतामा बढुवा गरेको हो।

बढुवा समितीले २०४६ माघ २९ मा भर्ना भएका घिमिरे सहित विकास श्रेष्ठ, पूर्ण चन्द्र जोशी र हरिभक्त प्रजापतीलार्इ बढुवा सिफारिस गरेको हो। यस्तै २०४७ असार २५ मा भर्ना भएका ठाकुरप्रसाद ज्ञवाली, तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्यायको बढुवा सिफारिस भएको हो।

यस्तै नयाँ टोलीबाट क्षेत्री सहित हरिबहादुर पाल, निरजबहादुर शाही र प्रधुम्न कार्कीको बढुवा सिफारिस भएको हो। यो टोली २०४६ बैशाख १९ मा प्रहरी सेवा प्रवेश गरेको हो।