प्रवास

राजदूतावास वाशिंगटन डिसीले यसरी मनायो नेपाल राष्ट्रिय दिवस

वाशिंगटन डिसी । वाशिंगटन डिसी स्थित नेपाली राजदुताबासले गत अक्टोबर ५ तारिख शुक्रबारका दिन नेपाल राष्ट्रिय दिवश भव्यताको साथ मनाएको छ। नेपाल राष्ट्रिय दिवस स्वागत समारोहमा आमन्त्रित बिशेष अतिथि,कुटनीतिज्ञ तथा नेपाली समुदायहरुको बाक्लो उपस्थितिमा रहेको थियो ।

उक्त स्वागत समारोहमा नेपाल तथा अमेरिकाको राष्ट्रिय धुन बजाई कार्यक्रमको शुभारम्भ गरिएको थियो । अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीले सबै अतिथि तथा नेपाली समुदायलाई स्वागत गर्नु भएको थियो । साथै वहाले नेपालको नयाँ संविधान २०१५ जारी भएको ३ वर्ष पुगेको बताउनु भयो ।

राजदुत डा कार्कीले विभिन्न राष्ट्रका राजदुत ,कुटनीतिज्ञ तथा प्रतिनिधिहरुलाई नेपाल सरकार अत्यन्तै खुशी छ भन्दै यहाँहरुले लामो समय देखि नेपाललाई गर्नु भएको सहयोगको लागि धन्यवाद दिनु भयो । साथै आगामी दिनमा सहयोग पाउने अपेक्षा गरेको भन्दै हाम्रा सम्बन्धहरु अझ मजबुत हुने छन् भन्नु भयो ।

साथै अमेरिकाले नेपाललाई गरेको सहयोगको प्रशंसा गर्दै अझ आगामी दिनमा यस्तै सहयोग पाउने आशा गरेको बताउनु भयो ।अन्त्यमा राजदुत डा कार्कीले आगामी दिनमा नजिकिदै गरेको महान दशैँको उपलक्ष्यमा समेत शुभकामना दिनु भयो ।

साथै परराष्ट्र सचिव शंकर दास बैरागीले उपस्थित सबैलाई धन्यबाद दिदै अमेरिकी सरकारकले नेपाललाई दिएको सहयोगको प्रशंसा र सम्बन्ध बारेमा चर्चा गर्नु भयो । यसै गरि दक्षिण तथा मध्य एसियन मामला बिभागका कार्यबाहक उप सहायक सचिव डेविड रेन्जले पनि नेपालको राष्ट्रिय दिवशको उपलक्ष्यमा डा राजदुत कार्की तथा नेपाल सरकारलाई बधाई दिनु भएको थियो ।

डेविड रेन्जले अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० कार्यक्रम मार्फत नेपाललाई ५० करोड अमेरिकी डलर सहयोग गरेको चर्चा गर्नु भयो । अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० अन्तर्गत नेपाल यो सुविधा पाउने दक्षिण एशियाली क्षेत्रको एक मात्र देश हो ।

उक्त औपचारिक कार्यक्रम पछि अमेरिका नेपाल सोसाइटी९एएनएस ०का युवा टोलिको तर्फबाट नृत्य प्रस्तुत गरिनु को साथै नेपाल बाट आएका बिधार्थीहरुले समेत तामाङ्ग सेलो गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

यसको साथै बिदेशीहरुको समेत उपस्थिति रहेकोले श्याम नेपाली टोलिको तर्फ बाट सारंगी ,मादल तथा बासुरीको सांगीतिक धुन बजाईएको थियो । नेपाल दिवसमा राजदुताबासका फोटो छायाचित्रकार कुमार श्रेष्ठले बनाएका बिगत देखि हाल सम्म खिचेका चित्रकलाको समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रम संचालन सन् २०११ कि मिस नेपाल युएस कि बिजेता सुजिता बस्नेतले गर्नु भएको थियो ।