प्रदेश 2

क्यान पर्साको प्रथम अधिवेशनबाट अध्यक्षमा चौरसिया सर्वसमत

वीरगंज । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) पर्साको शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले आलोक चौरसियाकोे अध्यक्षतामा सर्वसमतबाट नयाँ कार्यसमिति गठन गरिएको छ ।

वीरगंज स्थित रोयाल पार्टी प्यालेसमा आज सम्पन्न महासंघको प्रथम साधारण सभा तथा अधिवेशनबाट चौरसियाको नेतृत्वमा सर्वसमतबाट १३ सदसीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

नव गठित कार्यसमितिको उपाध्यक्षमा प्रशान्त कुमार, सचिवमा अमरेश सिंह, सह(सचिवमा गणेश सर्राफ, कोषाध्यक्षमा पुर्णिमा ताम्राकार, सदस्यमा सिम्रन सिंह परियार, दिपक साह, संजय कुमार कुर्मी, जीवन प्रकाश गुप्ता, धनन्जय कुमार चौरसिया तथा सल्लहाकारमा रविन्द्र साह र निलेश वैध रहेका छन् ।

क्यान महासंघका केन्द्रिय सभापति हेमन्त चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रधायापक डा। उमेश कुमार चौरसिया, क्यान महासंघका केन्द्रिय उपाध्यक्ष नवराज कुँवर, केन्द्रिय सदस्य गोपाल श्रेष्ठ, दिपेन्द्र राज, प्रदेश २ अध्यक्ष बाल कृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जार, सचिव युवराज खड्कालगयातले आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रम संचालन पत्रकार विवेक कर्णले गरेका थिए ।

कम्युटर प्राविधिक विषयमा काम गर्दै आएका संस्था तथा व्यक्तिहरुको छाता संगठन क्यानले आउने दिनमा पर्सा जिल्लाको कम्युटर शिक्षाको स्तरोनति गर्न नयाँ कार्यक्रमहरु ल्याउने अध्यक्ष चौरसियाले बताए । उनले छिटै महासंघले वीरगंजमा आइटि मेला समेत आयोजना गर्ने जानकारी गराए ।