बाग्मती

३ नं प्रदेशसभाको बैठक आइतबार बस्ने

हेटौँडा । ३ नं प्रदेशसभाको ५१औँ बैठक यही असोज २१ गते आइतबार अपराह्न ३ बजे बस्ने भएको छ । उक्त बैठकमा प्रदेशको सञ्चारमाध्यमको व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ र प्रदेशको यातायात व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव मोहनप्रसाद निरौलाले बताए।

उनका अनुसार आइतबार बस्ने प्रदेशसभाको बैठकबाट सैद्धान्तिक छलफल भई दफावार छलफलका लागि तीन वटा विधेयक विभिन्न समितिमा पठाइने भएको जानकारी दिए । प्रदेशसभाको बैठक आज असोज १९ गते बस्ने भनिएको भए पनि सत्तारूढ नेकपा संसदीय दलको बैठक बस्ने भएको कारणले स्थगित गरिएको प्रदेशसभा सचिवालयबाट थाहाभएको छ ।