प्रदेश 1

आमाको सम्झनामा बालगृहलाई सहयोग

उर्लाबारी । सुनसरीको इटहरीका युवा व्यवसायी शिशिर खड्काले मोरङको उर्लाबारीस्थित नमूना बालगृहमा रु एक लाख ५५ हजार बराबरको सामग्री सहयोग गरे । खड्काले आमा गीता खड्काको सम्झनामा खाद्यान्न, शैक्षिक सामग्री, खेलकूद, लत्ताकपडा, जुत्ता, खसीलगायत सामान सो गृहका सचिव जीवन घिमिरेलाई हस्तान्तरण गरे ।
गृहमा ४८ बालबालिका आश्रित रहेको गृहका अध्यक्ष मीना बरालले जानकारी दिए ।