लुम्बिनी

काठ तस्करी रोक्न प्रहरीको सक्रियता

लमही । दाङको लमहीबाट अबैधरुपमा सालको काठ लैजाँदै गरेका पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गढवाले पाँच काठ तस्करसहित २३ क्यूफिट सालको गोलिया र घप्पु बरामद गरेको हो । गढवा गाउँपालिका–४ पर्सेनीबाट उनीहरूलाई पक्राउ गरिएको गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिए । पक्राउ पर्नेमा गढवा गाउँपालिका–४ पर्सेनी निवासी ३५ वर्षीय राजकुमार चौधरी, २५ वर्षीय राजाराम चौधरी, ३४ वर्षीय पिताम्वर चौधरी र गढवा गाउँपालिका–५ सोनपुरुवा निवासी ३४ वर्षीय ओकप्रकाश चौधरी छन् ।

पक्राउ परेको काठ वन सेक्टर कार्यालय गढवालाई जिम्मा लगाएको उनले जानकारी दिए। उनीहरुलाई वन ऐनअन्तर्गत कारवाही अगाडि बढाइएको छ ।