अन्तर्राष्ट्रिय

भिडन्तमा नौ जनाको मृत्यु

काबुल । अफगानी सुरक्षाफौजको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकूहरु मारिएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार अफगानिस्तानको पश्चिमी प्रान्त बदघिसमा बुधबार राति तालिबानी लडाकूले आक्रमण गरेका थिए ।

तालिबानी लडाकूहरुले अब कमारी जिल्लामा बन्दुक र रकेट सहित भिषण हमला गरेको बताउँदै प्रान्तीय प्रहरी विभागले लडाकूहरुलाई धपाएको बताएको छ । यसक्रममा नौ जना लडाकू मारिएको विभागको भनाइ छ ।

अब कमारी जिल्लामा तालिबानका छायाँ गभर्नर पनि कारबाहीमा मारिएका छन् । तर सुरक्षाफौजतर्फ कुनै क्षति भएको छैन । यसै वर्षको आरम्भदेखि यस दुर्गम जिल्लामा भीषण लडाइँ पटकपटक भइसकेको छ ।

संसद र जिल्ला परिषदको निर्वाचन हुनै लाग्दा देशभर तालिबान समूहले आक्रमण तिब्र बनाएका छन् । लामो प्रतिक्षापछि आगामी अक्टोबर २० मा दुबै निर्वाचन हुँदैछ । चुनावमा करिब ९० लाखले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ । अफगानिस्तानको संसद २४९ सदस्यीय छ । –एजेन्सीको सहयोगमा