समाचार

लैङ्गिक पहिचान र शक्ति सन्तुलनका लागि महिला सशक्तीकरण राज्यको मेरुदण्ड

काठमाडौँ । यौनिक तथा लैङ्गिक पहिचान र शक्ति सन्तुलनका लागि महिला सशक्तीकरण राज्यको मेरुदण्ड हुने बताइएको छ । मितिनी नेपालको युवा महिला नेता समूहले बुधबार आयोजना गरेको ‘पितृसत्ता, लैङ्गिक पहिचान र शक्ति’ विषयक अन्तरक्रियामा राजनीतिक परिवर्तनका लागि महिलाले खेलेको भूमिका महत्वपूर्ण रहेकाले अब पितृसत्ता प्रवृत्तिलाई परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ ।

महिला अधिकारकर्मी सरु जोशीले संविधानले महिला र पुरुषबीच समानता कायम गरे पनि समलिङ्गी समुदायलाई नसमेटेको बताउँदै आगामी दिनमा संविधान संशोधनको माध्यमबाट उक्त समुदायको माग सम्बोधन हुनुपर्ने बताए । मितिनी नेपालको अध्यक्ष लक्ष्मी घलानले मानव–मानवबीचको समानतालाई कायम गर्नुपर्नेमा जोड दिए ।