पत्रपत्रिका

भक्तपुरमा टिपरले ज्यान लियो, स्थानीयले जलाइिदए

भक्तपुर । काठमाडौ भित्रन दिने समय तीन घन्टा बढाएकै दिन साँझ बुधबार भक्तपुरमा टिपरको ठक्करबाट फेरि अर्का एक व्यक्तिको ज्यान गएको छ ।

काभ्रेबाट आइरहेको बा८८प ८५२ नम्बरको मोटरसाइललाई सोही दिशाबाट तीव्र गतिमा आइरहेको बा४ख ३६५० नम्बर टिपरले सूर्यविनायक, पान्डूबजारमा ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, नमोबृद्ध नगरपालिका–८ डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठ छन् ।

घटनापछि आक्रोशित स्थानीयले टिपर जलाइदिएका छन् । आगो निभाउन आएको दमकलमाथिसमेत उनीहरूले ढुंगा प्रहार गरेका थिए । भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

करिब डेढ घन्टापछि टिपरको आगो नियन्त्रणमा आएको थियो । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।