समाचार

काठमाडौँमा टिपर सञ्चालन गर्ने समय परिवर्तन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिपर सञ्चालन गर्ने समय परिवर्तन गरेको छ ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

यसअघि साँझ ८ देखि बिहान ५ बजेसम्ममात्र काठमाडौँ उपत्यकामा टिपर सञ्चालन हुँदै आएको थियो । जिल्ला प्रशासन कार्यालयले गत साउन १ गते उपत्यकामा टिपर दुर्घटनाका कारण मावनीय क्षति बढेको भन्दै रातको समयमा मात्र टिपर सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।