राजनीति

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठकमा विधान संशोधन मस्यौदा र समसामयिक राजनीतिक विषयमा छलफल हुने विज्ञप्तिमार्फत बताइएको छ ।

कांग्रेसले ७ वटै प्रदेशमा विधान संशोधन मस्यौदामाथि छलफल चलाएको थियो । प्रदेशबाट आएका सुझावलाई विधान संशोधन मस्यौदामा समावेश गर्नेबारे समेत पार्टीले निर्णय लिने विज्ञप्तिमा जनाइएको छ । विधान मस्यौदा अनुमोदन गरी मंसिरमा बोलाइएको महासमिति बैठकमा पेस गर्ने कांग्रेसले तयारी गरेको छ ।

महासमिति बैठकको दुई तिहाइबाट पारित भएपछि संशोधित विधान कार्यान्वयनमा आउनेछ ।