मनोरञ्जन

‘संयुक्त सांस्कृतिक साँझ’ हुदैँ, हास्यकलाकार सुबोध गौतमको प्रहसन रहने

काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानले यही शुक्रबार जनगायक जीवन शर्मागायत कलाकारहरुको सहभागितामा ‘संयुक्त सांस्कृतिक साँझ’ कार्यक्रम यहाँ गर्ने भएको छ ।

कार्यक्रममा सामना सांस्कृतिक परिवार र रक्तिम सांस्कृतिक परिवारको प्रस्तुतिसँगै सुबोध गौतमको प्रहसन रहने आयोजक समितिका संयोजक बद्रीप्रसाद चुडालले जानकारी दिए ।

कार्यक्रममा शर्माले सिमली छायामा, झरनाको चिसो पानी, मधेसी पहाडीलगायत झण्डै एक दर्जन गीत प्रस्तुत गरिनेछन् ।

पछिल्ला समयमा जनवादी गीतसङ्गीतका कार्यक्रम न्यून हुँदै गएकाले यसको जगेर्नाका लागि कार्यक्रम गर्न लागिएको जनाइएको छ ।