समाचार

दिलिपसिंह बिष्टको ठोकुवाः निर्मलाको बलात्कारी र हत्यारा म नै हुँ ! (हेर्नुहोस् भिडियो)

काठमाडौं । गत साउन १० गते कञ्चनपुर उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याकाण्डले देश देखि विदेशसम्म चर्चा चलिरहदाँ नयाँ तथ्य प्रकाशमा आएको छ । केही समय अगाडी निर्मला पन्तको बलात्कारी भनि प्रहरीले पक्राउ गरेका दिलिप सिंह बिष्टको लिखित र मौखिक जवाफ सहितको भिडियो युट्युबमा भेटिएको हो । निर्मला पन्तको डिएनएसँग मेल नखाएपछि अदालतको आदेशअनुसार साधारण तारेखमा छुटेका दिलिपले एक मिडियासँग आफूले नै निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभिव्यक्ती दिएका छन् । दिलिपले दिएको यस्तो अभिव्यक्तीपछि अवश्य पनि निर्मला पन्त हत्याकाण्डले नयाँ मोड लिएको छ । उसो त बिष्ट मानसिक सन्तुलन ठिक नभएका व्यक्ती मानिने भएकाले त्यसको अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने काम सरकार र सरोकारवाला निकायले गर्ला ।

उनले दिएको लिखित र मौखिक बयान जस्ताको त्यस्तैः–
म दिलिप सिंह बिष्ट साउन १० गते साँझ जमिनदारको खेत नजिकै खोला छेउ भएर उखुबारीको बाटो हुदैँ म घर तर्फ जादैँ गर्दा निर्मला पन्त भन्ने युवती (बालिका)सँग भेट भयो । उनले आफ्नो साईकलको चैन बनाउन भनिन्, मैले उनको साईकलको चैन बनाईदिए । खोलाकोपारी जामुनको बोट थियो । मैले त्यहि खोला पारीको उखुबारीमा उनको साईकल फालेर तिनलाई काखी च्यापेर सम्भोग गरे रउनले कराउन थालेपछि घाटी च्यापेर मारे । अनि त्यही उखीबारीकोे अलि भित्र लगेर लास फाले र उलटाखाम बाटो हुदैँ घर फर्के । राजु थापासँग हात मिलाएर घर फर्के र अर्को दिन पुलिससँग मैले मारेको हो भन्न सकिन् ।

हेर्नुहोस् दिलिपले दिएको लिखित र मौखिक बयानको भिडियोः–

https://youtu.be/ifRXEcGGgyw