सामाजिक सञ्जाल

ओलीका अरिङ्गालले पत्रिका जलाए भन्दैँ सामाजिक सञ्जालमा आगो दन्कियो

काठमाडौं । सूदुरपश्चिमको राजधानी नजिक अत्तरियामा आज बिहान बिक्रि गर्न ल्याईएका राष्ट्रिय पत्रपत्रिकाहरु जलाईएको छ । नेपालका सर्वाधिक बिक्रि हुने कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, नागरिक दैनिक लगायत पत्रपत्रिकाहरु बुधबार बिहान अज्ञात समूहले जलाएका हुन् ।

पत्रपत्रिका जलाईएको घटनाले राणा शासन र दश बर्षे जनयुद्धको झँझल्को गराएको भन्दैँ सामाजिक सञ्जालमा घटनाको चर्को विरोध भईरहेको छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ओलीका अरिङ्गालले मूलधारका मिडियाहरुमाथि आक्रमण गरेको प्रतिक्रिया दिएका छन् ।

कुनैपनि समाचारको प्रकाशन प्रसारणमा विमती जनाउने कानुनी बाटो हुदाँहुदैँ पनि अपराधिक मानसिकता बोकेका व्यक्तीहरुले पत्रपत्रिकामा आगजनी गर्नु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको दाबी छ ।

ती पत्रपत्रिकाहरुका समाचारहरु गोदावरी राजधानी विरुद्ध नियोजित रुपमा प्रकाशित गरिएका भन्दै त्यहाँका केही अज्ञात स्थानीयहरुले पत्रिका जलाएका भनि फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले आक्रोश पोखेका छन् ।

घटनामा संलग्नको खोजी गरी तत्काल कडा भन्दा कडा कारवाहीको माग पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जोडदार रुपमा उठाएका छन् । पत्रपत्रिका लजाउनु समस्याको समाधान नभएर समस्यालाई झन् विक्राल बनाउनु केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको तर्क छ ।

 

सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी भनि प्रदेश संसदबाट दुईतिहाई बहुमतले पारित गरेपछि ती पत्रिकाहरुले जंगल मासेर गोदावरीमा राजधानी बनाउँदा पर्यावरणमा गम्भीर असर पुग्ने,’ ‘चुरे क्षेत्र खतरामा,’ ‘बाघको बाटोमा राजधानी’ लगायतका शिर्षक दिएर लेखेका समाचारका कारण पत्रिका जलाइएका हुन् । सूदुरपश्चिमका ९ जिल्लामा वितरणका लागि ल्याईएका पत्रपत्रिकाहरुमा आगजनी गरिएको थियो ।

यसैबीच, नेपाल पत्रकार महासंघ सूदुरपश्चिम प्रदेश समितिले घटनाको घोर भत्र्सना र निन्दा गरेको छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै महासंघले घटनालाई अपराधी मानसिकता भएको व्यक्तीले प्रेस स्वतन्त्रतामाथि भएको हमलाको संज्ञा दिएको छ । महासंघले घटनाका संलग्नको खोजी गरी तत्काल कारवाही गर्न स्थानिय प्रशासनको ध्यानाकर्षण गराएको छ ।