राजनीति

नेविसंघमा हंगामा मच्चियो, आसन्न महाधिवेसन खतराको मोडमा

काठमाडौंँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा महाअधिवेसनको पूर्वसन्ध्यामा विवाद सुरु भएको छ । महामन्त्री कमलेश्वर यादवसहित १५ केन्द्रीय सदस्य थपिएपछि नेविसंघभित्र विवाद चर्केको हो ।

विवाद सुरु भएसँगै आउदैँ गरेको महाधिवेसन हुनेमा आंशका पैदा भएको र महाधिवेसन नहुने खतरा बढेको छ । निर्देशक समितिमा ३२ वर्षे उमेर हदबारे बहस चलिरहको छ । सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको यो समितिले विधानमा रहेको यो व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्नेमा पक्षमा अधिकांश देखिएका छन् भने नेविसंघको भावी नेतृत्वमा आउन चाहनेहरु विपक्षमा रहेका छन् ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले पार्टीले पठाएको पत्र अनुसार पहिलाको फोरमबाट सदस्य मनोनित गरिएको बताए । उनले भने, ’कांग्रेससँग एकीकरण गरेको फोरमलाई पनि समायोजनामा ल्यानुभन्ने पार्टीको निर्देशन अनुसार नै महामन्त्री सहित थप सदस्य मनोनित गरिएको हो ।‘

आफू आसन्न महाधिवेसन क्रियाशील भएको बताउदैँ अध्यक्ष महरले यसैको बहानामा महाधिवेसन विथोल्ने चलखेल नगरी तोकिएको मितिमा महाधिवेसन गराउनृुपर्ने बताए ।

यता महामन्त्री कुन्दन राज काफ्लेले अन्धाधुन्ध रुपमा महामन्त्रीसहित १५ सदस्यहरु मनोनित गरिएको आरोप लगाएका छन् । महाधिवेसनलाई मनपरी ढङ्गले अगाडी बढाउने कोसिस भईरहेको र त्यसका विरुद्ध आफूहरु उत्रिने चेतावनी महामन्त्री काफ्लेले दिएका छन् ।

पौडेल पक्षले भेला नै गरेर नेतृत्वको यो कदमको अस्वीकार गर्ने निर्णय गरिसकेको छ । २३ बर्षे उमेरहदकै बहस चलिरहेका बेला महामन्त्री सहित सदस्यहरु थप्नुले आसन्न महाधिवेसनको सुनिश्चिततामा झड्का लागेको महामन्त्री काफ्लेले
बताए ।

मनोनित भएकाहरुको नामावली:-