पु.समाचार

काठमाडौंबाट ५ किलो सुनसहित एकजना पक्राउ, पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

काठमाडौं । प्रहरीले पाँच किलो सुन सहित काठमाडौंको तारकेश्वर नगरपालिका २ तिनपिप्लेबाट बुधवार एक जनालाई पक्राउ परेको छ ।

रसुवाबाट काठमाडौं आउँदै गरेको बसमा सवार रसुवाका शोेबहादुर तामाङको साथमा रहेको अबैध सुन सहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

तामाङले कम्मरको पेटीमा बाधेर सुन काठमाडौं ल्याउदै गरेको प्रहरीले बताएको छ । यसबारे थप अनुन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले नाकामा कडाइ गरेपनि स्थल मार्गबाट हुने सुन तस्करी रोकिएको छैन । विमानस्थलबाट हुने सुन तस्करीमा प्रहरीले कडाइ गरेपनि रसुवा तर्फको नाकाबाट सुन तस्करी भइरहेको छ ।

प्रहरीले अहिले ११ बजे पत्रकार सम्मेलन आयोजना गरेर उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि प्रहरीले २ सय ७ ग्राम अवैध सुनसहित भारतीय नागरिक विडेश भुनियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।