राजनीति

प्रधानमन्त्री ओलीलाई सात महिनामा दुई विद्यावारिधि

काठमाडौं । हाल कोस्टारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान त्यहाँको शान्ति विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि ग्रहण गरेका छन् ।

विश्वविद्यालयले नेपालको शान्ति स्थापना र द्वन्द्व समाधानमा महत्वपूर्ण भूमिको खेलको भन्दै मानार्थ विद्यावारिधिको उपाधिबाट प्रधानमन्त्री ओलीलाई सम्मान गरेको हो। यसअघि प्रधानमन्त्री ओलीलाई भारतको उत्तराखण्डस्थित गोविन्दवल्लभ पन्त कृषि र प्रविधि विश्वविद्यालयले गत चैत २५ मा मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो।

प्रधानमन्त्री ओलीले दोस्रो कार्यकाल सम्हालेको आठ महिना मात्र पुगेको छ । यस अवधिमा उनले दुई वटा विद्यावारिधि प्राप्त गरेको समाचार नागरिक दैनिकमा छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभन्दा पहिले २०६७ असोज ११ मा पनि एक अमेरिकी विश्वविद्यालयका तर्फबाट विद्यावारिधिको उपाधि ग्रहण गरेका थिए।

अमेरिकाको ग्रिनफोल्ड विश्वविद्यालयबाट दिइएको विद्यावारिधि गलत सावित भएको थियो।