खेलकुद

युएइद्वारा नेपालसामु २६९ रनको विजय लक्ष्य प्रस्तुत

काठमाडौँ । बङ्गलादेशमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूहचरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएइ) ले नेपालसामु जितका लागि २६९ रानको लक्ष्य प्रस्तुत गरेको छ ।

बङ्गलादेशको क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर २६८ रन बनाउन सफल भयो । नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रनेछ ।

दुबै टोली यसअघिका दुई÷दुई खेलमा पराजित भई प्रतियोगिताबाट बाहिरिसकेका छन् । समूह ‘ए’ मा रहेको नेपाल र युएई यसअघि भारत र अफगानिस्तानबाट पराजित भइसकेका हुन् । नेपाल यही असोज १३ गते भारतसँग र सोमबार अफगानिस्तानसँग पराजित भएको हो ।
चितवन टाइगर्स फाइनल प्रवेश

चितवन टाइगर्स यहाँ जारी सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा जारी पहिलो सेमिफाइलनमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै चितवन उपाधि नजिक पुगेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कबर्डहलमा भएको खेलमा चितवनले पुलिसलाई २५–११, २५–१४ र २५–२३ सोझो सेटमा पराजित गरेको हो । अब चितवनले बुधबार हुने फाइनलमा आजै हुने दोस्रो सेमिफाइलनको विजेतासँग खेल्नेछ । आजै हुने दोस्रो सेमिफाइलनमा एपिएफ क्लब र न्यूडायमण्डबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा चितवन समूह ’ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । यस्तै पुलिस समूह ‘बी’ को उपविजेता बनेको थियो ।