आर्थिक

माछापच्छ्रे बैंकर नेशनल बैकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता

काठमाडौं । माछापच्छ्रे बैंक र नेशनल बैकिङ्ग इन्ष्टिच्युट (एन.बि.आई)बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालनगर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौता अनुसार एन.बि.आईले माछापच्छ्रे बंैकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एन.बि.आईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरे । बंैकमा हाल करिब ९९५ कर्मचारी रहेका छन् ।

बैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानवाट ग्राहकमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।