बाग्मती

वृद्धवृद्धालाई शान्ति समाजको सहयोग

काठमाडौँ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले वृद्धवृद्धालाई रु १२ हजार ५०० सहयोग गरेको छ ।

दिवसका अवसरमा मानवसेवा आश्रम, काठमाडौँस्थित सामाखुशी केन्द्रमा आश्रित ज्येष्ठ नागरिकका आवासीय सुविधाका लागि नगद सहयोग प्रदान गरिएको अध्यक्ष रामकृष्ण बरालले जानकारी दिए।
आश्रममा ज्येष्ठ नागरिकसहित ४४ जनाले आश्रय पाएका छन् । समाजको काठमाडौँ शाखाका तर्फबाट सभापति बरालसहितको टोलीले आश्रममा गई सहयोग हस्तान्तरण गरेको हो । प्रत्येक वर्ष अक्टोबर १ तारिखमा विश्व ज्येष्ठ नागरिक दिवस मनाइन्छ ।