प्रदेश 2

झाडापखालासम्बन्धी सचेतना अभियान

गौशाला । जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालासम्बन्धी सचेतना जगाउने अभियान शुरु गरिएको छ । झाडापखालाबाट दुई जनाको मृत्यु र ३०० भन्दा बढी व्यक्ति प्रभावित भएपछि नेपाल रेडक्रस सोसाइटी महोत्तरीले सो गाउँमा झाडापखालासम्बन्धी सचेतना अभियान शुरु गरिएको हो ।

अभियानअन्तर्गत नेपाल रेडक्रस सोसाइटीले झाडापाखालाबाट प्रभावित नैन्ही गाउँसहित वरपरका सबै गाउँका विद्यालयमा झाडापखाला प्रकोप, यसबाट हुने क्षति तथा बच्ने उपायसम्बन्धी प्रशिक्षण दिइरहेको नेपाल रेडक्रस सोसाइटी महोत्तरीका सभापति दीपक मिश्रले बताए ।