पु.समाचार

तेलमा पाँच पटक भन्दा बढी भाउ बढाएपनि घाटा डेढ अर्ब, निगमले दियो मूल्य बढाउने संकेत

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर रु एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो ।

भारतीय आयल कर्पोरेशनले आईतबार पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै रु ६४ करोड ५७ लाख घाटा भएको छ । उनका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, डिजलमा चार रुपैयाँ ४३ पैसा खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ ।
नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि ५ पटकभन्दा बढी मूलयबृद्धी भएपनि निगम घाटामा जानु राम्रो नभएपनि अझै मूलय बढाउने निगमको सकेतले जनतालाई आउदै गरेको दशैं झन कष्टकर हुने देखिन्छ । निगमले मूल्यबृद्धी नगरे सरकारले अनुदान दिएर आयालनिगमको घाटा पूर्ति गर्नुपर्ने हुन्छ, मूल्य समायोजनपश्चान अन्तराष्ट्रिय बजारमा मूलय बृद्धी भएमा आयल निगमले समेत पेट्रोलीयम पदार्थको भाउ बढाउने प्रचलन स्थापीत गरिसकेको हुंदा घाटा कम गर्न मुल्यबृद्धी गर्नसक्ने सम्भाबना बलियो छ । मूल्यबृद्धीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार बिरुद्ध आन्दोलन गर्ने सम्भाबना हुंदा सरकारले बिकल्प समेत नसोच्ला भन्न भने सकिदैन ।