आर्थिक

ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याब बीच सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याबबीच आईतबार ल्याबले प्रदान गर्ने विभिन्न सेवा, स्वास्थ्य परिक्षण तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले ल्याबसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय परिक्षणमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा पाटन प्याथ ल्याबका अक्ष्यक्ष श्री रेशम भट्टराई र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री तथा बजार व्यवस्थापन विभाग प्रमुख श्विन्द्र ढकालले हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

उक्त सम्झौता पश्चात पाटन प्याथ ल्याबमा परिक्षण गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले ल्याबले प्रदान गर्ने विभिन्न सेवामा ३५ प्रतिशत छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०३ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।