आर्थिक

ग्लोबल आइएमई बैंक र पाटन प्याथल्याब बीच सम्झौता सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक र पाटन प्याथल्याब बीच सोमबार ल्याबले प्रदानगर्ने विभिन्नसेवा, स्वास्थ्य परिक्षण तथा सुविधाहरुमादिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले ल्याबसँगआफ्नाग्राहकलाई स्वदेशमै गुणस्तरीय परिक्षणमा सहुलियतदिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा पाटन प्याथल्याबका अक्ष्यक्ष रेशम भट्टराई रग्लोबल आइएमई बैंकका कार्ड बिक्री तथा बजार व्यवस्थापन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

उक्त सम्झौता पश्चात पाटन प्याथल्याबमा परिक्षण गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले ल्याबले प्रदान गर्ने विभिन्न सेवामा ३५ प्रतिशत छुट पाउने छन् ।