लुम्बिनी

निकुञ्ज प्रवेशका लागि नयाँ मार्ग

नेपालगञ्ज । बर्दियाको बाँसगढी नगरपालिका—१ चेपाङ क्षेत्रबाट पर्यटकले अब बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्न पाउने भएका छन् । कोहलपुर–सुर्खेत सडकखण्डमा पर्ने बबईको चेपाङ क्षेत्रबाट पर्यटकलाई निकुञ्ज प्रवेशका लागि मार्ग खुल्ला गरिएको छ ।

निकुञ्ज प्रवेशका लागि नयाँ मार्ग खुल्ला गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको बर्दिया बासगढी नगरपालिका प्रमुख शालिकराम अधिकारीले बताए। यसअघि बर्दियाको ठाकुरद्वारबाट मात्र निकुञ्ज प्रवेश गर्न सकिने व्यवस्था थियो । सो मार्गको हालै प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले उद्घाटन गरे ।

सो अवसरमा मन्त्री गिरीले प्रदेशभित्रका पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारले मुख्य प्राथमिकतामा राखेर निकुञ्जलाई खुल्ला गर्ने रणनीति अवलम्बन गरेको हो बताए ।