बाग्मती

बिरामी बोक्ने एम्बुलेन्समा रक्सिको कार्टुन

काठमाडौँ । सहिद मेमोरियल अस्पतालले आज एक बिज्ञप्ति प्रेसित गर्दै ‘बिरामी बोक्ने एम्बुलेन्समा रक्सिको कार्टुनः नियमन गर्ने निकाय को ?’ शिर्षकमा छापिएको समाचारमा अस्पतालको ध्यानाकर्षण भएको जानकारी गराएको छ । उपरोक्त सम्बन्धमा अस्पतालले गल्ति स्वीकार गर्दै बिरामी बोक्ने एम्बुलेन्समा सामान ओसार प्रसार भएको र उक्त सामानमा रक्सिको कार्टुन देखिएता पनि कार्टुन भित्र रक्सि नभएर अन्य पेय पदार्थ पानि रेड बुल जुस भएको जानकारी गराएको छ ।

एम्बुलेन्समा सामान ओसार प्रसार गर्न प्रतिबन्ध भएको परिप्रेक्ष्यमा अस्पतालको मिटिङ तथा दशैँ शुभकामना आदान प्रदान कार्यक्रमको लागि सोहि बाटो हुदै आएको खाली एम्बुलेन्समा अस्पतालका कर्मचारीहरुले सामान ल्याएको प्रति अस्पतालले समेत खेद प्रकट गर्दै अस्पतालको गम्भीर ध्यानाकर्षण भएको जानकारी अस्पताल प्रशासनले गराएको छ ।

अस्पताल आफैँमा संबेदनशिल मदिरा निषेधित क्षेत्र भएको कारणले उक्त कार्टुनमा मदिरा नभएर पानि, रेड्बुल, जुस जस्ता पेय पदार्थ रहेको कुरा सम्बन्धित सम्पूर्ण निकायलाई जानकारी गराएको छ । यस बिषयमा अस्पताल प्रशासनले बृहत छलफल गर्दै भविष्यमा यस प्रकारका कुनै पनि कमि कमजोरी हुन नदिन तथा यस प्रकारका गल्तीहरूमा अस्पताल सजग र सचेत रहेको समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्तीः–