राजनीति

बलात्कारीको संरक्षण गृहमन्त्री बादलले गरेका छन्ः कांग्रेस नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले गृहमन्त्री राम बहादुर थापा बादलले नै बलात्कारीको संरक्षण गरेको आरोप लगाएका छन् । पछिल्लो समय देशैभर महिला हिंसाका घटना बढ्दै गएको र त्यसको मुख्य दोषी गृहमन्त्री रहेका नेता केसीले आरोप लगाएका हुन् ।

गृहमन्त्रीले पूजीवादला नै बलात्कारी हो भनेर बलात्कारीको सम्मान र संरक्षण गरेको आरोप लगाएका छन् । बलात्कार र हत्याको छानबिन आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दैँ नेता केसीले आक्रोश प्रकट गरेका छन् । उनले सरकारलाई प्रश्न गर्दै भनेका छन, सरकारले निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन गर्न गठित उच्चस्तरिय छानविन समितिले तयार पारेको प्रतिवेदन किन सार्वजनिक नगरेको ?

गृहमन्त्री थापाले बलात्कारीको यथाशिघ्र छानविन गर्नुको साटो अनावश्यक गफ मात्रै गरेको आरोप नेता केसीको रहेको छ । पछिल्लो समय सरकार चौतर्फी रुपमा चुकेको उनको भनाई छ ।