प्रदेश 1

ट्रकमा मोरटसाइकल ठोक्किँदा दुईको ज्यान गयो

काठमाडौ । उर्लाबारी विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।

गए राति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना५ख ५८८६ नं को ट्रकमा को८प ७२१५ नं को मोटरसाइकल ठोक्किँदा मोरङ, पथरीशनिश्चरे नगरपालिका– ९ का २३ वर्षीय रोशन शेर्पा र विराटनगर–४ का १९ वर्षीय अनिश राजवंशीको मृत्यु भएको हो ।

शेर्पाको घटनास्थलमै र राजवंशीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए । ट्रकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।