पु.समाचार

बलात्कृत किशोरीहरुको एउटै स्वरः बलात्कारीलाई फांसी हुनैपर्छ

काठमाडौं । विभिन्न तवरले यौन हिंसामा परि रक्षा नेपालमा साहारा लिईरेका किशोरीहरुले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि थममाया थापाको सामु बलात्कारीलाई फांसीको सजाए हुनु पर्ने माग राखेका छन् ।

 

रक्षा नेपालमा संरक्षित बालिका तथा किशोरीलाई भेट्न रक्षा नेपालको कार्यालय पुग्नु भएकी मन्त्री थापाले संबोधन गर्दै संविधानतः जसको कोहि छैन त्यसको अभिभाबक राज्य हुने हुँदा कुनै चिन्ता नलिई, आफ्नो सुन्दर भबिस्य निर्माणमा सधै लागि पर्नु भन्दै पीडित को लागि नेपाल सरकार सदैब गम्भीर रहेको छ भन्ने कुरामा विश्वास राख्न आग्रह गर्दै हिंसा पिडित महिला तथा बालबालिकाको लागि आवश्यकता अनुसार को ऐन , नियम,कानुन निर्माण तथा परिमार्जन समेत भईरहेर्को बताए। मन्त्रि थापाले नेपाल सरकार महिला हिंसा , मानब बेचबिखन शुन्य मा झार्न प्रतिबद्ध रहेकोले सबैले सकेको मद्दत गर्नु पर्ने बताए ।

रक्षा नेपालले अनबरत रुपमा लामो समय देखि हिम्सा पिडितलाइ न्याय , मानसिक र शारीरिक उपचार तथा सिप ,शिक्षा र स्वरोजगारको व्यवस्था गरि समाजलाई ठुलो गुण लगाएकोमा धन्यवाद दिदै बलात्कारीलाई कडा कानुन बनाएर पिडितलाई छिटो न्याय दिनकै लागि पनि आफु वास्तविक पिडितको समस्या प्रत्यक्ष सुन्न रक्षा नेपाल आएको पनि बताए । रक्षा नेपालले बिगत १५ वर्ष देखि यौनजन्य हिसा, बलात्कार तथा आन्तरिक बेचबिखनको बिरुद्ध कार्य गर्दै आइरेको छ ।