राजनीति

आगामी चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउन नेविसंघको भुमिका महत्त्वपूर्णः ऋषिकेश शाह

काठमाडौं । नेपाल विद्यार्थी संघका वरिष्ठ नेता ऋषिकेश जंग शाहले आगामी चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउन नेपाल विद्यार्थी संघको महत्त्वपूर्ण भुमिका हुने बताएका छन। नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघलाई उर्जा प्रदान गर्न कर्णाली प्रदेशको भ्रमणमा रहेका नेता शाहले कांग्रेसलाई आगामी निर्वाचनमा पहिलो बनाउन नेपाल विद्यार्थी संघले दस लाख नया कार्यकर्ता भित्र्याउनु पर्ने बताएका हुन्।

उनले मुगुको राराबाट शाहले नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस भित्रको आन्तरिक द्वन्दलाई निमिट्यान्न पार्न आत्म अनुशासनको पनि खाचो रहेको पुष्टि गरे। पार्टी भित्रको अनुशासनहिनतलाई लक्षित गर्दै शाहले भने, ‘पार्टीका जिम्मेवार ब्यक्तिहरुले सार्वजनिक कार्यक्रममा नेतृत्वको आलोचनामा आफ्नो समय खर्च गर्नु नेपाली कांग्रेसको लागि निकै दुःखद कुरा भएको र यो प्रवृत्तिले हामिलाई बलियो बनाउदैन यसमा हामी बेलैमा सचेत हुन जरुरी छ।’