लुम्बिनी

चितुवाको छाला र दाह्रासहित दुई जनालाई पक्राउ

नेपालगञ्ज, बाँके । प्रहरीले चितुवाको छाला र दाह्रासहित गए राति दुई जनालाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान ब्यूरोको टोलीले वैजनाथ गाउँपालिका–१ गाभरबाट बर्दिया बाँसगढी नगरपालिका–१ का २६ वर्षीय चन्दन नेपाली र २४ वर्षीय कृष्ण वादीलाई पक्राउ गरेको हो । नेपालीसँग रहेको झोलाबाट चितुवाको १०४ इञ्च लामो छाला, ६ वटा दाह्रा तथा वादीको झोलाबाट ९० इञ्च लामो छाला बरामद गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए ।
चितुवा गोली प्रहार गरी मारिएको हुनसक्ने पौडेल बताउँछन् । दुवै छालामा गोली लागेको प्वाल रहेको छ । नेपाली र वादीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय नेपालगञ्जको जिम्मा लगाइएको छ ।